Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाल गायिकामाथि बलात्कार प्रकरण: अभियुक्त शाहलाई दोस्रो पटक म्याद थप गरिँदै

    बाल गायिकामाथि बलात्कार प्रकरण: अभियुक्त शाहलाई दोस्रो पटक म्याद थप गरिँदै

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    दमौली । बाल गायिकामाथि बलात्कार (जबरजस्ती करणी)को मुद्दामा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह (पूर्ण बिक्रम) लाई आइतबार म्याद थप गरिँदैछ ।

    घटनामा जिल्ला अदालत तनहुँले दिएको सात दिनको म्याद शनिवार सकिएसँगै थप अनुसन्धानका लागि अदालतबाट थप म्याद लिइने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।



    घटनाबारे पीडितले जाहेरी दिएको चार दिनपछि फागुन १५ गते अभिनेता शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए। सोही दिन उनलाई अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।



    १७ वर्षीया बालिकाले म्युजिक भिडियो छायांकनका क्रममा बिहेको नाटक गरेर शाहले पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार