Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • माओवादी केन्द्रीय कमिटी बैठक: पार्टीको निर्णयमा तीन नेताको ‘नोट अफ डिसेन्ट’

    माओवादी केन्द्रीय कमिटी बैठक: पार्टीको निर्णयमा तीन नेताको ‘नोट अफ डिसेन्ट’

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबारेको निर्णयमा पार्टीका तीन जना नेताहरुले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् ।

    ‘नोट अफ डिसेन्ट’ दर्तागराउनेहरुमा नेताहरु देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महरा रहेका छन् ।



    उनीहरुले पार्टीको निर्णयमाथि नोट अफ डिसेन्ट जनाएका हुन् । नोट अफ डिसेन्टबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको केन्द्रीय समिति बैठकलाई जानकारी गराएका छन् ।



    गत शुक्रबारदेखि सुरु भएको बैठक आज केन्द्रीय समितिलाई पूर्णता दिएर सकाउने माओवादीको तयारी रहेको छ ।

    बैठक अहिले जारी रहेको छ। बैठकमा अपूर्ण केन्द्रीय समितिलाई पूर्णता दिएर सक्ने तयारी गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार