Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अफगानिस्तान आतङ्कवादबाट प्रभावित देशहरूको शीर्ष स्थानमा

    अफगानिस्तान आतङ्कवादबाट प्रभावित देशहरूको शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । अफगानिस्तान सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ । स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आईईपी) द्वारा प्रकाशित ग्लोबल आतङ्कवाद सूचकाङ्कलाई उद्धृत गर्दै उक्त कुरा जनाएको छ।

    देशले २०२१ मा आतङ्कवादबाट १, ४२६ जनाको ज्यान गएको छ जुन विश्वको कुल सङ्ख्याको २० प्रतिशत हो । (आईईपी) प्रतिवेदनअनुसार जसले अफगानिस्तानमा आतङ्कवादी घटनाहरूमा कम्तिमा २,१९९ जना घाइते भएका छन् भने ९१ जना बन्धक पारिएका छन् ।



    यी पीडितहरू मध्ये आधाभन्दा बढी नागरिकहरू रहेका थिए जसमा काबुलमा भएको सन् २०२१ को आक्रमणमा परेका थिए । दाएसले काबुल अन्तरराष्ट्रिय विमानस्थल नजिक दुईवटा आत्मघाती बम विस्फोट गराएको थियो जसमा १७० जना मारिएका थिए भने अन्य थुप्रै घाइते भएका थिए।



    अफगानिस्तान पछि इराक र पाकिस्तानमा सबैभन्दा धेरै आतङ्कवादी हमला गरिएका प्रतिवेदन सार्वजनिक भएका थिए। यसैबीच, अगस्टको मध्यमा अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि आर्थिक अस्तव्यस्तता र गम्भीर मानवीय संकट निम्त्याएको छ।

    संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा २ करोड ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार