Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • फ्रान्सेली संसदको टोलीले गर्यो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट

    फ्रान्सेली संसदको टोलीले गर्यो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 930
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निमन्त्रणामा नेपाल आएको फ्रान्सेली संसदको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ ।

    बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।



    भेटमा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको सचिवालयले बताएको छ । फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष रियोटनको नेतृत्वमा एक टोली मंगलबार काठमाडौं आइपुगेको थियो ।



    उनको साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार