Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुत्केरी र नवजात शिशुको भरतपुर अस्पतालमा मृत्यु

    सुत्केरी र नवजात शिशुको भरतपुर अस्पतालमा मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । चितवनको भरतपुर अस्पतालमा एक सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ ।

    भरतपुर अस्पतालको प्रसूति वार्डमा फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका-४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी) को शुक्रबार बिहान मृत्यु भएको हो ।



    गैरेको अत्यधिक रक्तस्रावको कारण मृत्यु भएको अस्पतालले जनाएको छ । सुत्केरी व्यथा लागेपछि गैरै २४ फागुनमा भरतपुर अस्पतालको प्रसूति वार्डमा भर्ना भएकी थिइन् ।



    शुक्रबार बिहान सामान्य ढंगबाट छोरीलाई जन्म दिएपछि गैरे र नवजात शिशु दुबैको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण पौडेलले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार