Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भरतपुर अस्पतालमा शिशुको मृत्युपछि आफन्तले स्वास्थ्यकर्मीलाई कार्यकक्षमै थुने

    भरतपुर अस्पतालमा शिशुको मृत्युपछि आफन्तले स्वास्थ्यकर्मीलाई कार्यकक्षमै थुने

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 939
    SHARES

    चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्यु भएको घटनालाई लिएर पीडित पक्षले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अस्पताल भित्रै थुनेका छन् ।

    पीडित पक्षले उपचारमा चिकित्सक तथा नर्सहरुले लापरवाही गरेको आरोप लगाएका छन् ।



    भरतपुर महानगरपालिका वडा नं.१५ का एक बालकको उपचार क्रममा लापरबाही गरेको भन्दै आफन्तले अस्पतालका शिशु वार्डका डाक्टर, नर्स र पारामेडिक्स गरी १२ जनालाई उनीहरुकै कक्षमै थुनिदिएका हुन् ।



    शोभा लम्साल र राम लम्सालको ३ महिनाको छोरा बिरामी भएपछि उपचारका लागि बिहीबार बिहान १० बजे अस्पतालमा ल्याइएको थियो । तर, उपचारको क्रममा बालकको दिउँसो ३ बजे मृत्यु भएको थियो ।

    पीडित परिवारले समयमा नै चिकित्सकले उपचार नगर्दा बालकको मृत्यु भएको जनाएका छन् । उपचार छाडेर नर्सहरु वार्डमा नै नर्सहरु जन्मदिन मनाउन लागेको मृतक शिशुको आफन्तले आरोप लगाएका छन् ।

    अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले दूध सर्किएर बच्चाको मृत्यु भएको बताए । अस्पतालका बाल चिकित्सक डा. ओमकृष्ण पाठकले शिशुलाई बचाउन सक्दो प्रयास गरेको तर नसकेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार