Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छ : मन्त्री आले

    एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छ : मन्त्री आले

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 795
    SHARES

    फाइल फोटो

    कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् ।

    आज धनगढी विमानस्थानमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावमा गठबन्धन भए पनि नभए पनि आफ्नो पार्टी एक्लै चुनाव लड्न तयार रहेको बताए ।



    गठबन्धन आजको आवश्यकता भएको उल्लेख गर्दै उनले आगामी तीनवटै तहका निर्वाचनमा गठबन्धन गरेर जान सकिने बाटो खुला रहेको बताए ।



    मन्त्री आलेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टी तयारीमा जुटिसकेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार