Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, दुई जना सार्वजनिक

    मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, दुई जना सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    आइतबार मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको हाे । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् ।



    मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीकका अनुसार पक्राउ परेका दुबै जनाले ललाई फकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएका हुन् ।



    प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेको गम्भीर घाइते बनाएका थिए ।

    उनीहरूविरुद्ध प्रहरीले अदालतबाट समय लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार