Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘अक्षरा बाल साहित्य महोत्सव’मा डा. भट्टराईदेखि अमर न्यौपानेसम्म

    ‘अक्षरा बाल साहित्य महोत्सव’मा डा. भट्टराईदेखि अमर न्यौपानेसम्म

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । विद्यार्थी र अभिभावकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘अक्षरा बाल साहित्य महोत्वस’ सोमबार राजधानीमा सम्पन्न भएको छ ।एक दिने बाल साहित्यिक महोत्सवमा पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ डा. बाबुराम भट्टराई, चर्चित साहित्यकार अमर न्यौपानेलगायत विभिन्न लेखक तथा क्षेत्रमा आवद्ध प्रभावशाली व्यक्तित्वहरुको उपस्थिति थियो ।

    काठमाडौंको कागेश्वरी मनोहरामा अवस्थित अक्षरा विद्यालयको आयोजनामा भएको महोत्सवमा साहित्य सम्बन्धी विभिन्न रचनात्मक कार्यक्रम गरिएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिकाले लेखकसमक्ष साहित्यसँग सम्बन्धित आफ्ना जिज्ञासा व्यक्त गरेका थिए । उपस्थित सर्जक र सहभागीबीच जीवनमा साहित्यको महत्व, साहित्यमा कसरी रुची जगाउने, आफूलाई कसरी अभिव्यक्त गर्ने, लैंगिक समानतालगायतका विषयमा दाहोरो चर्चा भएको थियो।



    करिव ४ हजार दर्शकले अवलोकन गरेको महोत्वसमा लेखकसँग साहित्य संवाद, साहित्यिक कार्यशाला, सांगीतिक प्रस्तुति, पपेट शो, पुस्तक प्रदर्शनीलगायतका विभिन्न सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।



    त्यस्तै, ३ सत्रमा विभिन्न १३ वटा भाषा एवम् साहित्य शिक्षणसम्बन्धी कार्यशाला आयोजना गरिएको थियो । जसमा २४ विद्यालयका करिव ७ सय विद्यार्थी सामेल थिए ।

    कार्यक्रममा अन्य विद्यालयका विद्यार्थी तथा अभिभावकहरुलाई पनि सहभागी गराउन पाउँदा आफू एकदमै खुसी भएको अक्षराकी प्रधानाध्यापक अञ्जु भट्टराईले बताइन्।

    ‘हामीले साहित्यिक कार्याक्रमहरु हरेक साता गर्दै आएको भए पनि यसरी साहित्यक महोत्सव नै अहिलेसम्म गरेका थिएनौँ,’ प्रधानाध्यापक भट्टराईले भनिन्, ‘यसपालि भने महोत्सव नै गरौँ भनेर पहिलोपल्ट आयोजना गरिएको हो । हामीले यो महोत्सवमा आफ्नासँगै अन्य विद्यालयका विद्यार्थीहरु तथा अभिभावकसँग मनाएका छौं । सबै विद्यार्थी र अभिभावकमा साहित्य अध्ययनको संस्कार बनोस् भन्ने हाम्रो चाहना हो।’

    कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले विद्यालय, विद्यालय जोड्ने यस्तो महोत्सवले समाजमा सकरात्मक सन्देश दिने बताए । एउटा सफल विद्यार्थी हुनका लागि पाठ्यपुस्तकसँगै साहित्यिक पुस्तक पनि उत्तिकै आवश्यक हुने भट्टराईको बुझाई छ । साहित्यले ज्ञानको दायरा बढाउन त सहयोग गर्छ नै, यसले जीवन र जगतलाई हेर्ने र बुझ्ने दायरा पनि फराकिलो बनाउन सघाउने उनले बताइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार