Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बेलायतको यूनिभर्सीटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेज पोखरामा

    बेलायतको यूनिभर्सीटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेज पोखरामा

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आईएसएमटी कलेजले ले बेलायतको यूनिभर्सीटी अफ सन्डरल्यान्डका (University of Sunderland) का शैक्षिक कार्यक्रमहरू आईएसएमटी कलेज पोखरामा पनि सञ्चालन गर्ने भएको छ ।

    शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पुरा भइसकेको आईएसएमटी कलेज पोखराले जनाएको छ । बेलायतका प्रमुख शहरहरूलगायत हङकङमा समेत सन्डरल्यान्ड विश्वविद्यालयको आफ्नै कलेज रहेका छन् ।



    यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरुमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’का अनुसार सन्डरल्यान्ड यूनिभर्सीटी बेलायतको नयाँ यूनिभर्सीटीमध्ये पहिलो नम्बरमा पर्न सफल भएको जनाएको थियो ।



    सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘बेस्ट स्टुडेन्टस एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो भने सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै यूरोपियन टिचिङ र्‍यांकिङमा २०१औं स्थानमा पर्न सफल भएको थियो ।

    सोही यूनिभर्सीटीको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले स्वदेशमै अझै भन्नु पर्दा स्थानिय पर्यटकिय शहर पोखरमा नै बेलायतको डिग्री प्राप्त गरी शैक्षिक लाभ लिन सक्ने आईएसएमटी कलेज पोखराले जनाएको छ ।

    आईएसएमटी ग्रुप अफ कलेज यूनिभर्सीटी अफ सन्डरल्यान्डबाट सम्बन्धन पाउने पहिलो नेपाली शैक्षिक संस्था समेत हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार