Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौंको तीनकुनेमा ‘द लण्डन कलेज’ सञ्चालन

    काठमाडौंको तीनकुनेमा ‘द लण्डन कलेज’ सञ्चालन

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 804
    SHARES

    काठमाडौं। काठमाडौंको तीनकुनेमा ‘द लण्डन कलेज’ सञ्चालनमा आएको छ। १ दशकभन्दा लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय आईएसएमटी ग्रुप अफ कलेजले तीनकुनेमा ‘द लण्डन कलेज’ सञ्चालनमा ल्याएको हो।

    युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा नेपालका मुख्य शहरहरुमा विश्वस्तरीय कलेजहरु सञ्चालन गर्दै आएको आइएसएमटी ग्रुप अफ कलेजले युके कै अर्को बहुचर्चित विश्वविद्यालय ‘युनिभर्सिटी अफ इस्ट लण्डन’ बाट सम्बन्धन लिएर ‘द लण्डन कलेज’ सञ्चालनमा ल्याएको छ।



    काठमाडौंको तीनकुनेमा अवस्थित द लण्डन कलेजले बीएससी अनर्स कम्पयुटर साइन्समा ‘जनवरी इन्टेक’को लागि भर्ना सुरु गरेको छ। बीएससी अनर्स कम्प्युटर साइन्समा अहिलेको नेपाली बजारको मागअनुसार अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने कलेजको दाबी छ।



    द लण्डन कलेजको पठनशैली नवीनतम प्रविधिबाट सिर्जनात्मक किसिमले हुने पनि कलेजले दाबी गरेको छ। बजारमा के कस्तो सीप भएको जनशक्तिको माग भइरहेको छ भन्ने अध्ययन गरेर यसको पाठ्यक्रम तयार गरिएको दाबी गरिएको छ।

    पढाइ सकेर निस्किएर श्रम बजारमा जाँदा त्यहाँ कार्यरत अनुभवी जनशक्तिसँग तत्काल प्रतिस्पर्धी भएर काम गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने क्याम्पसकी प्रबन्ध निर्देशक सविता पाठकले बताईन् ।

    प्रबन्ध निर्देशक पाठकले भनिन्,‘श्रम बजारलाई चाहिए अनुसारको जनशक्ति उत्पादन गर्छौं, हाम्रो कलेजबाट निस्कने विद्यार्थी यत्ति माझिएका हुन्छन् कि तत्काल अनुभवी जनशक्तिसँग प्रतिस्पर्धी भएर काम गर्न सक्छन ।’

    विद्यार्थीको ‘वेल विइङ र वेल फिलिङ’ मा विशेष ध्यान दिइने पनि कलेजले जनाएको छ। अध्यययनका क्रममा दिइने ज्ञान, सीप बाहेक श्रमबजारमा जाँदा चाहिने अन्य आवश्यक सबै सीप सहितको दक्ष जनशक्ति उत्पादन हुने र त्यसका लागि विभिन्न उद्योगहरुसँगको सहकार्य हुने कलेजको दाबी छ।

    कलेजले विद्यार्थीका लागि विशेष छात्रवृत्ति सुविधा रहेको पनि बताएको छ। कक्षा १२ मा उत्कृष्ट अंक ल्याएका, निम्न मध्यम वर्गका उत्कृष्ट विद्यार्थी, कुनै विशेष क्षेत्रमा उत्कृष्ट प्रस्तुती दिइरहेका विद्यार्थी, राष्ट्रलाई विभिन्न रुपमा योगदान गरिरहेका (खेलाडी, एथलेट) लगायत विभिन्न क्षेत्रलाई समेटेर विशेष छात्रवृत्ति प्रदान गरिने कलेजले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार