Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न, ३६७ विद्यार्थी दिक्षित

    आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न, ३६७ विद्यार्थी दिक्षित

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 885
    SHARES

    काठमाडौं। बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दिक्षान्त समारोह होटल याक एण्ड यतिमा सम्पन्न भएको छ ।

    विश्वविद्यालयका उच्च तहका पदाधिकारी प्रोफेसर जोन र अभिभावकहरुको उपस्थितिमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।



    कार्यक्रममा बीबीए, बीएचएम र वीएस्सी आई उत्तीर्ण ३६७ जना विद्यार्थी दिक्षित भएका छन् ।



    आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायको सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गरिरहेको छ ।

    आईएसएमटी कलेज यूनिभर्सिटी अफ सन्डरल्याण्डबाट संबन्धन पाउने पहिलो नेपाली शैक्षिक संस्थासमेत हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार