Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्लाष्टिकमा बेरेको अवस्थामा एक युवकको शव फेला

    प्लाष्टिकमा बेरेको अवस्थामा एक युवकको शव फेला

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 777
    SHARES

    फाइल तस्विर

    नेपालगञ्ज । नेपालगञ्जमा एक युवकको शव फेला परेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर प्लाष्टिकमा बेरेको अवस्थामा ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    सुर्खेतका ३० वर्षीय बालकृष्ण ओलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।



    घटनाबारे अनुसन्धान भइरहेको र उनका आफन्त अझै सम्पर्कमा नआएकाले शव भेरी अस्पतालमा राखिएको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार