Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्थानीय तह निर्वाचनमा भाग नलिने विप्लव नेकपाको निर्णय

    स्थानीय तह निर्वाचनमा भाग नलिने विप्लव नेकपाको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आउँदो ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा भाग नलिने भएको छ ।

    कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटी बैठकमा चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्तावमाथि छलफल भएपछि सो पार्टी यस्तो निर्णयमा पुगेको हो ।



    महासचिव विप्लवको उक्त प्रस्तावमाथि छलफल हुँदा तत्काल पार्टी नै संस्थागत रूपमा चुनावमा नजाने निर्णयसहित विप्लवको प्रस्ताव परिमार्जन गर्दै अनुमोदन गरिएको स्रोतले बताएको छ ।



    एक नेताले भने, ‘पार्टी निर्वाचन आयोगमा दर्ता गरेर तत्काल स्थानीय चुनावमा नजाने भन्ने छ, हामी चुनावको विरोधी पनि होइनौं । त्यसैले एजेण्डा मिल्नेहरूलाई समर्थन गर्न पनि खुला नै छाडेका छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार