Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सरकारले ४ प्रकारका दीर्घरोगीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने

    सरकारले ४ प्रकारका दीर्घरोगीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । सरकारले ४ प्रकारका दीर्घरोगीलाई औषधि उपचारका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक रुपमा ५ हजार उपलब्ध गराउने निर्णय गरेको हो ।



    सरकारले औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई आर्थिक भार कम गर्नका लागि जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार