Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दिल्लीमा हरेक दिन दुई वटा उडान हुने

    दिल्लीमा हरेक दिन दुई वटा उडान हुने

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान हुने बताएका छन् ।

    बुधबार नाटाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान गर्न लागिएको बताएका हुन् ।



    उनले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तिनवटा उडान भर्ने गरी अगाडि बढेको जानकारी दिए । मन्त्री आलेले मार्च २१ गतेदेखि मुम्बईमा हप्ताको तीन वटा र मार्च २५ देखि बैङ्लोरमा पनि हप्तामा तीन वटा उडान भरिएको बताए ।



    ‘हामीले २१ मार्च देखि मुम्बईमा ३ वटा उडान हप्तामा हामी गर्दैछौँ नेपाल एयरलाइन्सको जहाजले । त्यस्तै २५ मार्च देखि हामी बैङ्लोरमा हप्तामा ३ वटा फ्लाइट हामी गर्दैछौँ,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार