Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कुकुरले शव ल्याएको विषयमा अनुसन्धान गर्न अस्पतालको आग्रह

    कुकुरले शव ल्याएको विषयमा अनुसन्धान गर्न अस्पतालको आग्रह

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ ।

    कुकुरले नवजात शिशुको शव च्यापेको फोटो आज शनिवार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले घटनामा आफ्नो लापर्बाही नभएको प्रष्टीकरण दिएको हो ।



    अस्पतालले दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरिसकेको जनाएको छ । अस्पतालका प्रवक्ता डा. विकास केसीले कुकुरले शव च्यापेर हिँडिरहेको देख्नासाथ चिकित्सक तथा नर्सिङ अधिकृतलाई परिचालन गरी छानबिन सुरु गरेको जानकारी दिए ।



    नवजात शिशुको रेकर्ड हेर्दा विगत एक हप्तादेखि दुई जनाको मात्र मृत्यु भएको र ती शव आ–आफ्नो संस्कारअनुसार अन्त्येष्टि गर्न अभिभावकलाई जिम्मा लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार