Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • पहिलोपटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्दै सरकार

    पहिलोपटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्दै सरकार

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ।

    समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए। ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।



    संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको समितिले यसअघि अन्य पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिने काममात्र गर्दै आएको थियो।



    यही सातासम्म ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन भइसक्ने समितिले जनाएको छ। सरकारले आफैँ पहिलोपटक पात्रो प्रकाशन गर्न लागेको हो। सरकारको आधिकारिक पात्रो प्रकाशनमा आएपछि चाडपर्वलगायत विषयमा हुँदै आएका विवाद अन्त्य हुने विश्वास गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार