Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ‘गुण्डा नाइके’ पर्शुरामको सरकारी पद खोसे मुख्यमन्त्री राइले

    ‘गुण्डा नाइके’ पर्शुरामको सरकारी पद खोसे मुख्यमन्त्री राइले

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.6K
    SHARES

    विराटनगर । खेलकुद क्षेत्रमा कुनै पनि काम गर्न नसकेको भन्दै प्रदेश–१ सरकारले प्रदेश खेलकुद बोर्डको उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्य सचिव कृष्ण बस्नेत ‘पर्शुराम’लाई बर्खास्त गरेको छ ।

    सरकारलाई असहयोग गरेको र खेलकुद क्षेत्रमा कुनै काम नगरेको भन्दै उनीहरूलाई प्रदेश सरकारले हटाएको हो ।



    एमालेका तत्कालीन मुख्यमन्त्री भीम आचार्यले असोज २४ गते प्रदेश खेलकुद बोर्डको उपाध्यक्ष, सदस्य सचिव र सदस्यहरू नियुक्त गरेका थिए ।



    पर्शुराम बस्नेतलाई सदस्य सचिव बन्ने योग्यता नपुग्ने भन्दै प्रदेश १ सरकारले स्पष्टीकरण सोधेको थियो । बस्नेतले चित्तबुझ्दो स्पष्टीकरण दिन नसकेपछि सरकारले बस्नेतलाई पदमुक्त गरेको हो।

    प्रदेश खेलकुद बोर्डको सदस्य सचिव बन्न कम्तीमा १० वर्ष खेलकुद क्षेत्रमा योगदान दिएको र असल चालचलन भएको हुनुपर्ने कानूनी प्रावधान छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्बन्ध बनाएका पर्शुराम बस्नेत ओलीका ‘राइट ह्याण्ड’ मानिने महेश बस्नेतसँग भने रुष्ट छन् । पारिवारिक झमेलामा फसेका उनीहरुको सम्बन्ध अहिले पानी बाराबार जस्तै रहेको भक्तपुरकै एक एमाले नेताले बताए । पर्शुरामकै कारण ओली सरकारको पालामा महेश बस्नेतले मन्त्री पद पाउन नसकेको चर्चा पनि चलेको थियो । पर्शुरामले आफ्नो पारिवारिक सम्बन्ध विगारेको आरोप महेश बस्नेतमाथि लगाउँदै आएका छन् । तर, त्यसलाई पुष्टि गर्ने आधार भने अहिलेसम्म बाहिर आएका छैनन् ।

    एमाले निकटका गुण्डा नाइकेको छवी बनाएका पर्शुराम पछिल्लो समय भने राजनीतिमा सक्रिय हुन थालेका हुन् । उनी विभिन्न अपराधका अभियोगमा पक्राउ गरेर छुटेका व्यक्ति हुन् । सम्पत्ति शुद्धीकरणमा मुद्धा खेपेका बस्नेतले पछि सफाइ पाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार