Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्थानीय तह निर्वाचन

    टिकट विवादको विषयमा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

    टिकट विवादको विषयमा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 2.1K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं । धादिङमा मंगलबार राति नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ । स्थानीय तहको निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा उनीहरुबीच कुटाकुट भएको हो ।

    हात हालाहाल हुँदा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । आक्रमणबाट उनको अनुहारमा चोट लागेको छ ।



    तर उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनामा संलग्न एक जनालाई पक्राउ गरेर घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरिएको छैन् ।



    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू प्रचार अभियानका साथै उम्मेदवार चयनमा केन्द्रित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार