Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कञ्चनपुरमा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच कुटाकुट, २ घाइते

    कञ्चनपुरमा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच कुटाकुट, २ घाइते

    अनलाइन नेपाल
  • शनिबार, ३ मंसिर २०७९
  • 972
    SHARES

    कंञ्चनपुर । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको छ।

    शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको हो।



    प्रहरीका अनुसार कुटपिटबाट दुई जना घाइते भएका छन्। ४१ वर्षीय कांग्रेस कार्यकर्ता हिक्मतबहादुर विष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर विष्टबीच कुटाकुट भएको बताइएको छ।



    दुवै जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस्तै हिक्मतको टाउकोमा चोट लागेको र रतनबहादुरको चिउडोमा चोट लागेको प्रहरीले बताएको छ।

    अहिले उनीहरूलाई उपचारका लागि धनगढी रिफर गरिएको छ। झगडाको कारण भने खुलेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार