Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पाल्पामा एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट

    पाल्पामा एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.6K
    SHARES

    सांकेतिक तस्बिर

    पाल्पा । स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

    नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डा सहितका १ सय २० जना जतिको समूह आएर चुनाव प्रचार गरिएकामाथि कुटपिट गरेको दाबी गरेका छन् ।



    उता नेपाली कांग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान ८ बजे एमालेका वडा नं १० का वडा अध्यक्ष पदका उमेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दिप नाथको नेतृत्वको समूहले नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि सांघातिक हमला गरेको दाबी गरेका छन् ।



    हेर्नुहोस् कांग्रेस र एमालेले जारी गरेको विज्ञप्ति :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार