Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हाउजीमा धाँधली गरेको भन्दै भद्रपुर मेलामा झडप हुँदा दुई जना घाइते

    हाउजीमा धाँधली गरेको भन्दै भद्रपुर मेलामा झडप हुँदा दुई जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 879
    SHARES

    झापा। भद्रपुरमा सञ्चालित रमाइलो मेलामा दुई पक्षबीच कुटाकुट भएको छ । मेलामा सोमबार राती खेलाएको हाउजी (बिङ्गो तम्बोला)मा धाँधली भएको भन्दै विवाद बढेपछि आयोजक समिति र सर्वधारणबीच कुटाकुट भएको हो।

    आयोजकको कुटपिटबाट दुई जना युवक घाइते भएका छन्। घाइते हुनेहरूमा भद्रपुर-६ निवासी सुरेश माझी र भद्रपुर-४ निवासी आकाश राजवंशी रहेको प्रहरीले जनाएको छ।



    उनीहरूको अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको थियो। घटना विवरण अनुसार मेला आयोजक समिति भद्रपुर युवा परिवारले सोमबार बेलुका खेलाइएको हाउजीको प्रथम पुरस्कार स्कुटर राखेका थिए।



    हाउजी खेल गएका सर्वसाधारणले प्रति टिकट ७ सय रुपैयाँ खरिद गरेका थिए।केही दिनअघि पनि हाउजी खेलाउने व्यक्तिले गलत नम्बर उद्घोष गरेपछि मेलामा बबाल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार