Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाँच दिनदेखि हराएका बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटियो

    पाँच दिनदेखि हराएका बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटियो

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.1K
    SHARES

    सर्लाही । सर्लाहीबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ ।

    सर्लाहीको मलंगवा–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका १० वर्षका छोरा आकाश ठाकुर मिठुको शव बिहीबार बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको हो ।



    आइतबार गाउँमा न्वारनको भोज खान गएका मिठु घर नफर्किएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेको थियो ।



    अनुसन्धानका क्रममा प्रहरीले शंकाका आधारमा छिमेकी जगदीशलाई पक्राउ गरेको थियो । बयानमा जगदीशले बालकको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयले दोषी पक्राउ गरिसकेको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार