Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • स्थानीय तह निर्वाचनका लागि आउन थाले मतदान सामग्री, जिल्लामा पठाउने तयारी

    स्थानीय तह निर्वाचनका लागि आउन थाले मतदान सामग्री, जिल्लामा पठाउने तयारी

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । पालिका चुनावका लागि प्रयोग हुने मतदान सामग्री आउन थालेका छन् । मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक साना आकारका सामग्री आइसकेको तर मतदानमा प्रयोग हुने छेकबार, लाहा अझै नआएको निर्वाचन आयोगले जनाएको छ ।

    नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, मसी, स्टिच र पिन, पन्चिङ मेसिन, मार्कर, कलम, मास्क, स्यानिटाइजरलगायत आइपुगेको छ । यी धेरैजसो सामग्री भारतबाट आएका छन्। चुनावमा ५६ प्रकारका सामग्री प्रयोग हुनेछन् ।



    मतपेटिका चीनबाट आयात भइसकेको तर अहिलेसम्म आयोगले बुझिनसकेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यसपालिको पालिका चुनावमा ९५ हजार मतपेटिका प्रयोग हुने अनुमान छ ।



    त्यसमध्ये २५ हजार खरिद गरिँदैछ । बाँकी मतपेटिका आयोगसँग मौज्दात छ । निर्वाचन आयोगले चुनाव हुनु एक महिनाअघि नै सबै सामग्री बुझाउनेगरी गएको फागुन अन्तिम हप्ता आपूर्तिकर्तासँग सम्झौता गरेको थियो ।

    मतदान प्रयोजनका लागि आयोगले १० वटा प्याकेजमा २३ प्रकारका सामग्री खरिदको सम्झौता गरेको थियो । त्यसमध्ये झन्डै १५ प्रकारका सामग्री आयोगले प्राप्त गरेको प्रवक्ता पौडेलले जानकारी दिए । यी सामग्री आवश्यक प्रक्रिया पूरा गरी जिल्ला जिल्लामा पठाउने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार