Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजदूतमा सिफारिस २० जनाउपर उजुरीका लागि सूचना टाँस्न आग्रह

    राजदूतमा सिफारिस २० जनाउपर उजुरीका लागि सूचना टाँस्न आग्रह

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । संघीय संसद संसदीय सुनुवाइ समितिले सरकारले सिफारिस गरेका २० देशका राजदूतउपर उजुरी गर्ने व्यवस्था सहज बनाइदिन देशभरका जिल्लाा प्रशासन कार्यालयहरुलाई आग्रह गरेको छ ।

    नियुक्तिका लागि सरकारबाट सिफारिस भई संसदीय सुनुवाइका लागि समितिमा पत्राचार भएपछि उजुरीका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सूचना टास्ने व्यवस्था गरिदिन समितिले आग्रह गरेको छ ।



    उजुरीका लागि वैशाख १२ गतेसम्मको समय दिइएको छ । प्रस्तावित राजदूत उक्त पदमा किन नियुक्त हुन योग्य छैन भन्ने आधार र कारणसहित सरोकारवालाले उजुरी दिन सक्नेछन् ।



    सरकारले गत चैत २९ गते २० देशका लागि राजदूत नियुक्तिका लागि समितिमा सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार