Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बहराइनको राजदूतमा वाग्ले, मेक्सिकोमा खत्री नियुक्त

    बहराइनको राजदूतमा वाग्ले, मेक्सिकोमा खत्री नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । बहराइनका लागि नेपाली राजदूतमा तीर्थराज वाग्ले नियुक्त भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा वाग्लेलाई राजदूत नियुक्त गरेकी हुन् ।



    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वाग्लेलाई बहराइनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



    यस्तै, राष्ट्रपति भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार