Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चार देशका लागि नियुक्त भएका राजदूतहरुले लिए सपथ

    चार देशका लागि नियुक्त भएका राजदूतहरुले लिए सपथ

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । विभिन्‍न चार देशका लागि नियुक्त भएका राजदूतहरुले बिहीबार सपथ लिएका छन् ।

    कतारका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकाल, जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, अष्ट्रेलियका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।



    सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई केही दिनअघि राष्ट्रपति भण्डारीले राजदूत र स्थायी प्रतिनिधिमा नियुक्त गरेकी थिइन् ।



    सपथ समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार