Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • राष्ट्रपतिसमक्ष नव नियुक्त सात राजदूतले लिए शपथ

    राष्ट्रपतिसमक्ष नव नियुक्त सात राजदूतले लिए शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न सात मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    राष्ट्रपति भवनमा शुक्रबार आयोजित विशेष समारोहमा उनहरुले शपथ लिएका हुन् ।



    भर्खरै राजदूतमा नियुक्त भएका तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अष्ट्रिया) तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश) ले शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।



    त्यस अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार