Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • भोलि र पर्सि ५ वर्ष मुनीका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

    भोलि र पर्सि ५ वर्ष मुनीका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सरकारले मंगलबार र बुधबार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    देशभरका ७ सय ५३ वटा पालिकाबाट वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।



    देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको जानकारी दिए ।



    ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार