Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ५२ हजार स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी

    आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । सरकारले आजबाट बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउँने भएको छ । आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ ।



    भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए ।



    भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’ सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । उनका अनुसार भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार