Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • छुटाउनुहोला है ! आज र भोली खुवाइँदैछ भिटामिन ए र जुकाको औषधि

    छुटाउनुहोला है ! आज र भोली खुवाइँदैछ भिटामिन ए र जुकाको औषधि

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । सरकारले भोली र पर्सी अर्थात यही वैशाख ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने भएको छ ।

    ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । त्यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउनसबै अभिभावकहरुलाई आग्रह गरेको छ ।



    सरकारले हरेक वर्ष बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयले जनाएको छ ।

    यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार