Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दाङमा हावाहुरीले छानो उडाउँदा विद्यार्थीको बिचल्ली

    दाङमा हावाहुरीले छानो उडाउँदा विद्यार्थीको बिचल्ली

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1.9K
    SHARES

    फाइल तस्बीर

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ ।

    गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदैआएको थियो ।



    अहिले विद्यार्थी घाममा बसेर परीक्षा दिन बाध्य छन् । कक्षा ४, ५र ६ का विद्यार्थी छाप्रोमा पढ्नुपर्ने अवस्था थियो ।



    विसं २०२८ मा स्थापना भएको उक्त विद्यालयको भवन जीर्ण छ । पुरानो भवन भत्काएर नयाँ निर्माण गरिँदै छ । विद्यालय भवन निर्माण पूरा नहुँदा पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक राणा बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार