Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बेलायतका प्रधानमन्त्री भारत आइपुगे

    बेलायतका प्रधानमन्त्री भारत आइपुगे

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत आइपुगेका छन्।

    उनि बिहीबार गुजरात आइपुगेको भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो ।



    उनि बिहबार बिहान गुजरात आएका र उनले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्ने जनाइएको छ ।



    गुजरातबाट प्राप्त भएको समाचारमा बेलायतका प्रधानमन्त्री जोनसनले आज नै यहाँका व्यावसायिक प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    गुजरात भारतीय मूलका बेलायती नागरिकहरुमध्ये करिब आधाजति नागरिकहरुको जन्मस्थल हो । गुजरातमा उनले व्यापारिक समुदायका नेताहरुसँगको भेटघाटका क्रममा भारत र बेलायतका बीचको लगानीका विषयमा कुराकानी गर्नेबताइएको छ ।

    उनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्ताका लागि शुक्रबार राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने जनाइएको छ । यसअघि प्रधानमन्त्री जोनसनले भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको भए पनि कोरोना भाइरसको प्रकोपका कारण दुई पटकसम्म स्थगित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार