Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अन्ततः बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए राजीनामा

    अन्ततः बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 936
    SHARES

    एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् । सरकारमा सहभागी मन्त्री तथा विभागीय प्रमुखहरुले धमाधम राजीनामा दिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

    बेलायती तल्लो सदनमा बहुमत रहेको कन्जरभेटिभ पार्टीका नेताका रुपमा जोनसन प्रधानमन्त्री भएका थिए। उनले पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएसँगै प्रधानमन्त्री पदबाट पनि राजीनामा दिएका हुन् ।



    उनले आफूलाई प्रतिस्थापन गर्ने नेता चयन भएसँगै प्रधानमन्त्रीबाट बाहिरिने बिहीवार घोषणा गरेका हुन् । पछिल्लो २४ घण्टामा जोनसन सरकारका दर्जनबढी मन्त्रीहरुले राजीनामा दिएका थिए ।



    प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै उनले आफू अन्तिमसम्म लडेको भन्दै ‘दुःखद’ क्षणमा आएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार