Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बोरिस जोनसनको आरोप – रुसी राष्ट्रपति पुटिनले मलाई क्षेप्यास्त्र हान्ने धम्की दिए

    बोरिस जोनसनको आरोप – रुसी राष्ट्रपति पुटिनले मलाई क्षेप्यास्त्र हान्ने धम्की दिए

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 420
    SHARES

    एजेन्सी । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिएको बताएका छन् ।

    युक्रेन आक्रमणअघि पुटिनले आफूलाई क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिएको जोनसनले आरोप लगाएका हुन् । जोनसनका अनुसार प्रधानमन्त्री छँदा उनले फोनवार्ताका क्रममा आफूले पुटिनलाई युद्ध चरम विनाशकारी हुने बताएका थिए ।



    युद्ध भए पश्चिमले नाकाबन्दी गर्ने र युक्रेन नेटोमा सहभागी हुने पनि बताएका थिए ।



    जोनसनले बीबीसीको एक डकुमेन्ट्रीमा भनेका छन् ‘बोरिस, म तपाईंलाई दुःख दिन चाहन्नँ। तर, क्षेप्यास्त्र त एकै मिनेटमा हान्न सकिन्छ । तर, रुसले भने जोनसनले ढाँटेको आरोप लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार