Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बेलायती पुर्व प्रधानमन्त्री बोरिस जोनसनले दिए सांसद पदबाट राजीनामा

    बेलायती पुर्व प्रधानमन्त्री बोरिस जोनसनले दिए सांसद पदबाट राजीनामा

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 546
    SHARES

    काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री तथा संसद् सदस्य बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् ।

    २०२२ मा प्रधानमन्त्रीबाट राजीनामा दिएका उनले सांसद पदबाट राजीनामा दिएका हुन् ।



    उनी अहिले संसदीय छानबिनको क्रममा छन् । उनीमाथि कोरोनासँग सम्बन्धित नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा संसदीय समितिले छानबिन गरिरहेको छ ।



    तत्कालै लागु हुने गरी जोन्सनले राजिनामा दिएपछि रिक्त भएको उक्त सिटमा अब उपनिर्वाचन हुनेछ । संसदीय छानबिनका बीचमा जोनसन आफ्नो राजनीतिक भविष्यका लागि लडिरहेका छन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार