Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बोरिस जोनसन बेलायतका अहिलेसम्मकै खराब प्रधानमन्त्री

    बोरिस जोनसन बेलायतका अहिलेसम्मकै खराब प्रधानमन्त्री

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 1.3K
    SHARES

    लण्डन । एक सर्वेक्षणमा बेलायती मानिसहरूले बोरिस जोनसनलाई बेलायतको अहिलेसम्मको ‘सबैभन्दा खराब’ प्रधानमन्त्री भनेका छन् । जोनसनको कार्यकाल अर्को हप्ता सकिँदैछ।

    बजार अनुसन्धान फर्म इप्सोसले गरेको सर्वेक्षणमा उत्तरदाताहरूलाई सन् १९४५ देखि युद्धपछिका बेलायती प्रधानमन्त्रीहरूको कार्यसम्पादनबारे सोधिएको थियो । जसमा ४९ प्रतिशतले जोनसनलाई इतिहासकै खराब प्रधानमन्त्रीको रुपमा मूल्याङ्कन गरेका थिए। करिब ४१ प्रतिशतले थेरेसा मे र ३८ प्रतिशतले डेभिड क्यामरुनको काम खराब भएको बताएका छन् ।



    यस्तै, ६२ प्रतिशत जनताले जोनसनको घोषित राजनीतिक नायक विन्स्टन चर्चिललाई असल मानिस भनेका छन् । सर्वेक्षणमा विन्स्टन चर्चिल राम्रा काम गर्ने प्रधानमन्त्रीहरूको सूचीमा शीर्ष स्थानमा छन्।



    इप्सोसको सर्वेक्षणमा भाग लिएका ११ सय जनामध्ये लगभग ३३ प्रतिशतले जोनसनलाई देशको प्रधानमन्त्री बन्न लायक मानिस नभएको बताएका सर्वेक्षणलाई उधृत गर्दै एनडीटीभीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार