Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ६० यात्रु बोकेको डुंगा डुब्यो

    ६० यात्रु बोकेको डुंगा डुब्यो

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 762
    SHARES

    फाइल फोटो

    एजेन्सी । यमनको उत्तरी सहर त्रिपोलीनजिकको समुद्रमा ६० जना यात्रु बोकेको डुंगा डुबेको लेबनानको रेडक्रसले जनाएको छ ।

    लेबनिज रेडक्रसका अनुसार ६० जना यात्रु बोकेको डुंगा त्रिपोलीनाजिकै डुबेको हो । हावाहुरीका साथै समुद्रमा आएको उच्च छालका कारण डुंगा डुबेको अनुमान गरिएको छ ।



    तर यस दुर्घटनाको अनुसन्धान सुरु भएको र अहिले नै के कति कारणले यो डुंगा डुबेको हो भन्ने बारेमा पत्ता नलागिसकेको लेबनिज रेडक्रसका अधिकारीहरुले जनाएका छन् ।



    उक्त रेडक्रसले सो क्षेत्रमा उद्धारका लागि सात ओटा एम्बुलेन्स पठाइएको जनाइएको छ । अहिले नै त्यहाँ के कति क्षति पुगेको छ र ती यात्रु को हुन् भन्ने बारेमा पनि केही पत्ता नलागेको पनि सो रेडक्रसले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार