Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • टिकट पाएपछि प्रदेश सांसदबाट कृष्ण थापाले दिए राजीनामा

    टिकट पाएपछि प्रदेश सांसदबाट कृष्ण थापाले दिए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.2K
    SHARES

    पोखरा । पोखरा महानगरपालिकाको टिकट पाएपछि गण्डकी प्रदेश सांसद कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् ।

    नेकपा एमाले नेतासमेत रहेका थापा आज सभामुख नेत्रनाथ अधिकारीलाई सांसद पदबाट दिएकाे राजीनामापत्र बुझाएका हुन् । थापा २०७४ को चुनावमा कास्की २ (क) बाट निर्वाचित भएका थिए ।



    २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेर काम गरिसकेका थापा २५ वर्षपछि पुनः मेयरमै दोहोरिन लागेका हुन् ।



    केही आफ्ना योजनाहरू अधुरा रहेकोले त्यसलाई पूरा गर्न र पोखरा महानगरलाई समृद्ध बनाउन आफुले उम्मेद्वारी दिन लागेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार