Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फेवा सिमसार पुरेर बनाइएको संरचनामा पोखरा महानगरले चलायो डोजर

    फेवा सिमसार पुरेर बनाइएको संरचनामा पोखरा महानगरले चलायो डोजर

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 864
    SHARES

    पोखरा । पोखरा महानगरपालिकाले फेवा तालको सिमसार क्षेत्र पुरेर बनाइएको प्लटिङमा भत्काएको छ ।

    नगर प्रहरीको टोलीले अनुमति बिना सिमसार क्षेत्रमा गरिएका प्लटिङहरु मंगलबार डोजर लगाएर प्लटिङ भत्काएको हो ।



    सिमसार पुरेर व्यवसायी देवेन्द्र केसी र प्रकाश केसीले महानगरबाट कृषि प्रयोजनका लागि जमिन उपयोग गर्ने अनुमति लिई सिमसार क्षेत्र पुरेर घडेरी बनाएका थिए ।



    पोखरा महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार मंगलबार ८० रोपनी क्षेत्रमा सिमसार पुरेर बनाइएको घडेरीको संरचना भत्काइएको छ ।

    त्यस्तै स्थानीयबासीले भने आफ्नो जग्गा प्लटिङ गर्न पाउनुपर्ने भन्दै आइतबार महानगरमा प्रदर्शन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार