Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पोखरामा मापदण्डविपरीतका संरचनामा महानगरको डोजर

    पोखरामा मापदण्डविपरीतका संरचनामा महानगरको डोजर

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 669
    SHARES

    पोखरा । पोखरा महानगरपालिकाले सडक मापदण्डभित्र पर्ने संरचनामा डोजर लगाउन सुरु गरेको छ ।

    महानगरले सोमबार पृथ्वी राजमार्ग अन्तर्गत पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको मापदण्डभित्र परेका संरचना डोजर लगाएर हटाएको हो ।



    मापदण्डभित्र परेका संरचना हटाउन एक महिना अगाडि नै जानकारी दिइएको भए पनि अटेरी गरेपछि स्थायी-अस्थायी गरेर ६० भन्दाबढी संरचनामा डोजर चलाउन थालिएको हो ।



    सडकको मापदण्डभित्र रहेका संरचना तथा सामग्रीहरू हटाउने र सरसफाइ गर्ने अभियान अन्र्तर्गत सडक ऐन, २०३१ ले राजमार्गबाट दायाँबायाँ २५-२५ मिटर सडक मापदण्ड निर्धारण गरेको छ ।

    विमानस्थल गेटबाहिर नै वर्कसप, हेभी इक्विप्मेन्ट सेन्टर, जथाभावी फोहोरले कुरुप भएपछि महानगरले सफाइ अभियान अघि सारेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार