Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पोखरा महानगरको निर्देशन – फिर्केखोलाको क्षेत्रभित्र बनेका संरचना ३५ दिनभित्र हटाउनू

    पोखरा महानगरको निर्देशन – फिर्केखोलाको क्षेत्रभित्र बनेका संरचना ३५ दिनभित्र हटाउनू

    अनलाइन नेपाल
  • शनिबार, ११ कार्तिक २०८०
  • 717
    SHARES

    काठमाडौं । पोखरा महानगरपालिकाले फिर्केखोलाको क्षेत्रभित्र बनेका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । सार्वजनिक सूचना जारी गर्दै महानगरले तोकिएको समयभित्र अवैध संरचना हटाउन निर्देशन दिएको हो ।

    महानगरपालिकाले निकालेको सूचनामा वडा नम्बर १८ को अन्धेरीकुनादेखि वडा नम्बर २, ४, ५, ८, ७, १७ हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू हटाउन भनिएको छ ।



    यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएकोभन्दा भित्र रहेका सबै संरचना हटाउनुपर्ने महानगरले जनाएको छ ।



    ३५ दिनभित्र संरचना नहटाए महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने महानगरले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार