Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पोखरा महानगर-१८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

    पोखरा महानगर-१८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 453
    SHARES

    पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुनः मतगणना गर्न आदेश दिएको छ ।

    उच्च अदालत पोखराका कायम मुकायम मुख्यन्यायाधीश डिल्लिराज आचार्य र न्यायाधीश ऋषिराज आचार्यको संयुक्त इजलासले मंगलबार पुनः मतगणना गर्न आदेश दिएको हो ।



    गत वैशाख ३० गते निर्वाचन भए पनि पोखरा–१८ को मतपरिणाम जेठ १० गतेमात्र आएको थियो । निर्वाचन अधिकृतको कार्यालयले भने शिवले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।



    निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार कांग्रेसका शिवप्रसाद तिमिल्सना एक हजार ६४३ मत ल्याएर विजयी बनेका थिए । एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।

    तर, प्रतिष्पर्धी थापाले भने तत्कालै पुनः मतगणनाको माग राखेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको माग अस्वीकार गर्दै अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो ।

    त्यसपछि ३ मतले पराजित भएका थापाले ५ भोट मिसिङ भएको भन्दै पुनः मतगणना हुनुपर्ने भन्दै अदालतमा रिट हालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार