Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • १८ वर्षीया किशोरी गोठमा बलात्कृत, एक जना पक्राउ

    १८ वर्षीया किशोरी गोठमा बलात्कृत, एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.5K
    SHARES

    फाइल फोटो

    गुल्मी । एक युवतीलाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका- ६ का ४३ वर्षीय उमबहादुर नेपाली पक्राउ परेका छन् ।

    नेपालीले गत फागुन २ गते साझ सोही वडाको दौघा स्थित गोठमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।



    उनीविरुद्ध गत वैशाख १२ गते जाहेरी परेपछि वैशाख १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।



    नेपालीलाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार