Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तुलसीपुरमा २५ वर्षीय युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

    तुलसीपुरमा २५ वर्षीय युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ४ असार २०७९
  • 807
    SHARES

    सांकेतिक तस्बिर

    दाङ । दाङको तुलसीपुरमा एक सुस्त मनस्स्थितीकी युवतिमाथि सामूहिक बलात्कारको भएको छ ।

    बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ निवासी २५ वर्षीया युवतीमाथि तुलसीपुर ९ दोघरेस्थित निर्माणाधीन एउटा घरमा सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।



    घटनामा संलग्न भएको आरोपमा तुलसीपुर ९ दोघरेका २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



    उनीरूले युवतीलाई बलात्कार गरेर बिहान ३ बजे छाडिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक शाहीले बताए ।

    युवाको समूहले युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पीडित युवतीले घरमा गएर बताएपछि शुक्रबार मात्र घटनाको बारेमा जानकारी भएको थियो ।

    पीडितका परिवारले शुक्रबार जाहेरी दिएपछि प्रहरीले शुक्रबार नै आरोपितलाई पक्राउ गरेको थियो । युवतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको शाहीले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार