Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा ड्राइभिङ सेन्टरका सञ्चालक पक्राउ

    युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा ड्राइभिङ सेन्टरका सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 993
    SHARES

    फाइल फोटो

    दाङ । दाङमा युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा ड्राइभिङ सेन्टरका सञ्चालकपक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पाको त्रिवेणी गाउँपालिका घर भई तुलसीपुर उपमहानगरपालिका ६ मा बागेश्वरी ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका ३४ वर्षीय बालाराम डाँगी पक्राउ परेको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ ।

    प्रहरीका अनुसार डाँगीमाथि उनकै कार्यालयमा कार्यरत एक युवतीले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । आइतबार राति १२ बजेतिर डाँगीले ‘एउटा जरूरी फर्म भर्नु छ’ भन्दै ती युवतीलाई बोलाउन गएको प्रहरीले जनाएको छ ।



    युवतीले म यो मध्यरातमा कार्यालय जाँदिनँ भनेर अडान लिएपछि डाँगीले आफ्नी श्रीमती पनि कार्यालयमै रहेको विश्वास दिलाएपछि उनी गएकी थिइन् । तर डाँगीकी श्रीमती कार्यालयमा थिइनन् । फर्म भरेर फर्किने क्रममा करिब १ बजेतिर भर्‍याङमा डाँगीले युवतीलाई समातेको भन्ने कुरा जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।



    सँगै गएकी साथी केही अगाडि रहेको र त्यही मौका छोपी डाँगीले ती युवतीलाई समाते पनि युवतीले प्रतिकार गरेर उम्कन सफल भएको कुरा पीडितले बताएकी छन् । किटानी जाहेरीपछि हामीले डाँगीलाई पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार