Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • किशाेरी बलात्कार आरोपमा एक युवक पक्राउ

    किशाेरी बलात्कार आरोपमा एक युवक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    उदयपुर । फरक क्षमता भएकी १६ वर्षीया किशाेरीलाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

    त्रियुगा नगरपालिका-३ त्रियुगा बसपार्कमा १६ वर्षीया बोल्न नसक्ने बालिकालाई बलात्कार गरेकाे अभियोगमा खोटाङ घर भई त्रियुगा नगरपालिका- ३ मोतिगडा बस्दै आएका २८ वर्षीय राजन राउतलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रण लिएको हो ।



    फरक क्षमता भएकी बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएपछि प्रहरीले राउतलाई नियन्त्रणम लिएर अनुसन्धान थालेको हो ।



    उनलाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रारम्भिक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार