Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लोसपाबाट मेयर उपमेयर उठेका दुवै जनाको उम्मेदवारी रद्ध

    लोसपाबाट मेयर उपमेयर उठेका दुवै जनाको उम्मेदवारी रद्ध

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 1.3K
    SHARES

    कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट मेयर र उपमेयर दुवै जनाको उम्मेदवारी रद्ध भएको छ ।

    निर्वाचन आयोगले कृष्णनगर नगरपालिकाको मेयरमा लोसपाबाट मेयरमा शिवप्रसाद कलवार र उपमेयरमा मोहम्मद अफजल मियाले दिएको उम्मेदवारी दुवैमा पुरुषको मनोनयन दर्ता भएको भन्दै उम्मेदवारी रद्ध भएको हो ।



    कानून अनुसार मेयर उपमेयर पदमा उम्मेदवारी दिने दलले एक महिला र एक पुरुष उठाउनु पर्ने भए पनि दुवै पदमा पुरुषले उम्मेदवारी दिएकाले उम्मेदवारी खारेज गरेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार