Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जहाँ कांग्रेसको मेयर हुन्न त्यहाँ हामी पैसा पठाउँदैनौं : आरजु राणा

    जहाँ कांग्रेसको मेयर हुन्न त्यहाँ हामी पैसा पठाउँदैनौं : आरजु राणा

    अनलाइन नेपाल
  • बिहिबार, २२ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले कांग्रेसका मेयर नभएको ठाउँमा आफूहरुले पैसा नै नपठाउने बताएकी छिन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाकै गृह जिल्ला डडेलधुरामा कांग्रेसमा कुरा नमिलेपछि मतदाता रिझाउन राणा बुधबार डडेलधुरा पुगेकी आरजुले यस्तो बताएकि हुन् ।



    उनले भनिन्, ‘’जहाँ कांग्रेसको मेयर नै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं, त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरुलाई भोट नहाल्नुस् ।



    कांग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल पक्ष नेपाली कांग्रेस वीपीको नाममा करुवा चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा छ । मल्लले नेकपा एमालेसँग तालमेल गरेका छन् ।

    मल्ललाई संकेत गर्दै राणाले भनिन्, ‘करुवाको नेता को हो रु मलाई पनि थाहा छैन । गुण्डालाई उठाएर म करुवा पार्टी भनेर तपाईंले पत्याउने रु पहिला चप्पल लगाउन पैसा नहुने विदेशमा घुम्छन । टिकटक बनाउँछन्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार